stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नागरिक लगानी कोषको ३१औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नागरिक लगानी कोषको पुष ३० गते ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कोषको गत आर्थिक वर्षको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ । जसमध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो ।

कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष सङ्कलन भएकामा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ ।

साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण समेत पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ । साधारण सभा कोषको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

prabhu mahalaxmi
kumari