stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

वीरेन्द्र अस्पतालको शतवार्षिकी सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापनाको १०० औँ वर्ष पूरा गरेको अवसरमा शतवार्षिकी कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सोमबार जंगी अड्डा परिसरमा विविध कार्यक्रम गरी शतवार्षिकी मनाइएको हो।

कार्यक्रमका क्रममा सैनिकको रूपमा राष्ट्रप्रति कर्तव्य निर्वाह गर्नुका साथै स्वास्थ्यकर्मीका रूपमा कठिन जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै वीरेन्द्र अस्पतालको चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

प्रधान सेनापतिबाट प्रथम कमाण्डिङ अफिसर वरिष्ठ शल्य चिकित्सक प्राविधिक सहायक स्व। मदनमान मल्ल (अ.प्र.) तथा मेट्रोन प्राविधिक प्रमुख सेनानी बिन्दु श्रेष्ठ (अ.प्र.) लाई विशेष सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

अस्पतालका कमाण्डेन्ट प्राविधिक सहायक रथी डा. नम्रता रावलले स्वागत मन्तव्य राख्दै वीरेन्द्र अस्पतालले सैनिक तथा सर्वसाधारण नागरिकको उपचारमा पुर्‍याएको योगदान उल्लेख गरिन्।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृत, सैनिक श्रीमती संघका पदाधिकारीहरू, विभिन्न अस्पताल तथा सरकारी–गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैगरी, शतवार्षिकी कार्यक्रम अन्तर्गत आइतबार छाउनीस्थित वीरेन्द्र अस्पताल परिसरमा प्रधान सेनापतिबाट नव–निर्मित वीर स्मारकको एक कार्यक्रमबीच अनावरण गरिएको थियो।

prabhu mahalaxmi
kumari bank
kumari