stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न

१००% हकप्रद जारी गर्ने प्रस्ताव पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा सम्पन्न भएको हो ।

साधारण सभाले हाल कायम चुक्तापुँजी ७५ करोड रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साधारण सभाले अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्न निर्देशन आएमा वा आवश्यक देखिएमा सोहीबमोजिम प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari