stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मागभन्दा बढीको आवेदन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मागभन्दा बढीको आवेदन परेको छ । कम्पनीको आइपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन भएको कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताको आइरो नै लागेको छ ।

सिडिएससीका अनुसार आज अन्तिम दिनसम्म ५ लाख ८३ हजार ९७५ जना आवेदकहरूबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ता आईपीओ खरीद माग भएको हो।

कम्पनीले थप सर्वसाधारण लगानीकर्तामा पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत र सर्वसाधारणमा ६० प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले २०८० साल माघमै योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको शेयरमध्ये पनि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari