stcnepal long ad
global ime bank long

प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  सात बुँदे घोषणापत्र  जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याँक्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए ।

“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा संस्था तथा ३०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा भएको सम्मेलनको विभिन्न सत्रमा नेपालका प्रतिष्ठित लघुवित्त विज्ञहरुले नेपालमा लघुवित्तको महत्व, आवश्यकता र योगदानका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी, प्रभावकारी तथा दिगो बनाउने अभिप्रायले आयोजित सम्मेलनले युवा सदस्यहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, सबै सरोकारवालाहरूलाई अझै जिम्मेवार र उत्तरदायी बनाउने तथा जिम्मेवार लघुवित्त अभ्यासको प्रबद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

सम्मेलनलाई समापन सत्रका प्रमुख अतिथि पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, लघुवित्त विज्ञ स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादव लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

IME Lifesidebar
kumari