stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्।

किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भन्नुभएको छ, “राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।”

युक्रेनको वायु सेनाले पनि शनिबार बिहानै देशव्यापी हवाई आक्रमण हुने भन्दै नागरिकहरूलाई अतिआवश्यक काममा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको थियो ।

सेनाले सामाजिक सञ्जालमार्फत् ड्रोन र मिसाइलहरू राजधानीसहित धेरै युक्रेनी क्षेत्रहरूमा आइरहेको बताएको थियो । किएभमा रहेका एएफपी संवाददाताहरूले धेरै ठूलो ठूलो विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।

विस्फोटका करिब तीन घण्टापछि किएभको क्षेत्रीय सैन्य प्रशासनले ड्रोनको आगमनका कारण हवाई सुरक्षा व्यवस्था सक्रिय भएको बताएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने क्रममा सन् २०२२ देखि दशौँ हजारको ज्यान लिइसकेको लडाइँ अन्त्य गर्ने प्रस्तावित योजनाबारे छलफल गने कार्यक्रम तय भएको छ।

prabhu mahalaxmi
kumari bank
kumari