stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनियताको सपथ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव समालेका अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदको रुपमा शपथ दिएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।

उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुराएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्दै उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने दृढ विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari