stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउँदै

धितोपत्र बोर्डसँग माग्यो अनुमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ ।

नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ ।

रिसोर्टको साधारण शेयर निष्काशनको कार्य गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक श्री एनएमबि क्यापिटललाई नियुक्त गरेको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य श्री ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ ।

पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।

नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari