stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पोखरा इन्जिनियरिंग कलेजका विद्यार्थी वातावरणमैत्री हफ म्यान क्लिनमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरा इन्जिनियरिंग कलेजमा अध्ययनरत इन्जिनियरिंगका विद्यार्थीहरुले कास्कीको रुपा गाउँंपालिकामा रहेको नेपालकै पहिलो हाइव्रिड हफ म्यान क्लिन चाइनिज इटा उत्पादनको अध्ययन भ्रमण गरेका छन् ।

विद्यार्थीले बातावरणमैत्री तथा इनर्जी एफेसेन्ट टेक्नोलोजीमा आधारित कम्पनीको अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीलाई पोखरा इको रेड ब्रिकका व्यवस्थापक विकास दुवालले सहजीकरण गरिदिएका थिए ।

पोखरा इको रेड ब्रिक्स प्रा.लि.का अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले वातावरणमैत्री, इनर्जी इफिसियन्ट टेक्नोलोजीको महत्बारे बुझ्न विद्यार्थी कारखानामा आएको जानकारी गराए ।

यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इटा उत्पादन थालेका थियौं, उनले भने, पछिल्ला वर्षहरुमा पोखरास्थित पोल्याङबाटै प्वाल भएको (हलो व्रिक) को उत्पादन थाल्दै आएका छौं ।

कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन गर्दै आएको छ । पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा इटाभटा रहेको छ ।

नेपालमा सामान्य लोकल, चाइनिज इटालगायतका विभिन्न थरीका इटाहरु छन् । साथै व्लकका इटाहरु पनि हुन्छन् । साथसाथै आकर्षक खालका पोंल अपा (झिंगटी), चिकं अपा (तेलिया इँंटा) लगायतका इटाहरु पनि हुन्छन् ।

prabhu mahalaxmi
kumari bank
kumari