stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेले ८५ प्रतिशत नगद लाभांश दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ४३औँ वार्षिक साधारण सभा मार्फत सेयरधनीलाई ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। नेप्सेले प्रकाशित गरेको सूचनाअनुसार उक्त साधारण सभा पुस २९ गते, सोमबार काठमाडौंमा हुने भएको छ।

नेप्सेको सञ्चालक समितिको निर्णय अनुसार वार्षिक साधारण सभा दिउँसो ११ बजे कम्पनीको कार्यालय, यु.ए.आई. शान्तिमार्ग, काठमाडौँमा बस्नेछ।

साधारण सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची राखिएको छ।

साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार नेप्सेको चुक्ता पुँजीको ८५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि पेश गरिनेछ।

यसका साथै आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने, पारिश्रमिक तोक्ने तथा आवश्यक अन्य प्रस्तावहरूमाथि पनि छलफल हुने जनाइएको छ।

नेप्सेले सेयर बजार सञ्चालन र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था भएकाले यसपटकको लाभांश प्रस्तावले सेयरधनीहरूमा सकारात्मक उत्साह थप्ने अपेक्षा गरिएको छ।

prabhu mahalaxmi
kumari