शिखर इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस १ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।





























