stcnepal long ad
global ime bank long

पुस ९ गतेदेखि सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकले  आईपीओ जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको छ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको थियो।

स्वीकृति पाएसँगै कम्पनीले ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडाबासीहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा ५० कित्तासम्म माग गर्न सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस १४ गतेसम्म र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ।

कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग्स नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ्ग दिएको छ। यसले समयमै कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

आयोजना प्रभावितले दुप्चेश्वर गाउँपालिकास्थित कम्पनीको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंककको खैरनिटार शाखा र काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन्।

IME Lifesidebar
kumari