stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निभिक्स फर्मास्युटिकल्सकोे पुस १८ गते साधारण सभा

साधारण शेयर निष्कासन मुख्य एजेण्डा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण शेयर जारी गर्ने प्रस्ताव सहित आगामी पुस १८ गते साधारण सभा गर्ने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो ।

साधारण सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिनेछ । आइपीओ निष्कासन सम्बन्धी बाँकी प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव मुख्य एजेन्डामा रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको उत्पादन फ्याक्ट्री तनहुँमा अवस्थित रहेको छ र सार्वजनिक निष्कासनमार्फत व्यवसाय विस्तार तथा संस्थागत सुदृढतामा महत्वपूर्ण कदम अघि बढाउने तयारी रहेको छ । साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ ।

prabhu mahalaxmi
kumari