stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

शिखर इन्स्योरेन्सले अनलाइन अभिकर्ता तालिम सञ्चालन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन मार्फत् ४ दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ।

निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरूलाई लक्षित गरी अभिकर्ता तालिम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। तालिम पुस १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेछ।

तालिम काठमाडौंमा सञ्चालन गरिने र सहभागी हुन इच्छुकले मंसिर २८ गतेभित्र इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन्। अनलाइन तालिमको अन्तिम दिन अभिकर्ता परीक्षा सञ्चालन गरिने र त्यसमा उत्तीर्णले मात्रै लाइसेन्स पाउनेछन्।

आवेदन दिनका लागि तालिमका लागि निवेदन, नेपाली नागरिकता र प्यान कार्डको प्रतिलिपि, पासपोर्ट साइज फोटो, प्लस टू पास गरेको सर्टिफिकेट र संस्थागत हकमा तोकिए बमोजिम अन्य कागजात चाहिनेछ।

prabhu mahalaxmi
kumari bank
kumari