stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सव–इन्जिनियरविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बराहक्षेत्र नगरपालिका, चक्रघट्टी सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार मण्डलले भारतको विहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यामिक तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया वलुवा उच्च विद्यालय परित्याग समेतको नक्कली झुट्टा शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा २०५३ साउन १ गतेदेखि सहायक सव–ओभरसियर पदमा स्थायी नियुक्ति लिएका थिए।

उनले सो पदमा नियुक्ति लिइ २०६७ माघ ७ गतेदेखि सहायत इन्जिनियर पदमा बढुवा भइ नले तलब भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधा प्राप्त गरेको देखिएकोबाट प्रतिवादी मण्डलले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari