stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंक लि.को संस्थापनादेखि लामो समयसम्म नेतृत्व गर्नु हुने प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आज २०८२ मंसिर २१ गते आइतबार दुःखद र अकल्पनीय देहावसान भएको छ । मानन्धरको आजै काठमाडौंको शोभाभगवतीमा अन्त्येष्टी गरिएको छ ।

सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गर्नु भएका निज मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै प्राइम कमर्सियल बैंकको सीईओबाट २ वर्ष अघि अवकास लिएका थिए

नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा वहाँ जत्तीको दीर्घ सेवाकासाथ यति महत्वपूर्ण भूमिकाका निर्वाह गर्नु हुने व्यक्तित्व विरलै हुनु हुन्छ । वहाँको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको छ ।

हामी वहाँको आत्माको मोक्षकासाथ चीर शान्तिको कामना गर्दछौंं । यस दुःखद परिस्थितिमा वहाँको आफन्त परिवारजन तथा यस प्राइम कमर्सियल बैंक लि. परिवारलाई परमेश्वरले धैर्यधारण गर्न शक्ति प्रदान गरुन ।  मानन्धरका श्रीमती, एक छोरा र ३ छोरी छन् ।

prabhu mahalaxmi
kumari