बजारमा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढे हो ।
आज सुन तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।































