stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

देशका उत्कृष्ट करदाताहरू घोषणा, बैंक–वित्तीय श्रेणीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कर दिवसका अवसरमा आर्थिक वर्ष २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा सबैभन्दा धेरै आयकर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ।

आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने करदाताहरूलाई सम्मानित गर्न प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्कृष्ट करदाताको नाम घोषणा गरेको हो।

सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा नेपाल दूरसञ्चार प्राधिकरण चयन भएको छ। एकलौटी फर्ममध्ये भने थर्ड आई इन्टरनेशनलले उच्चतम आयकर दाखिला गरेको विभागले जनाएको छ।

बस्तु निर्यात कारोबार गर्ने समूहमा डाबर नेपाल प्रा।लिले सबैभन्दा धेरै कर तिरेर शीर्ष स्थान बनाएको छ। उता सूचना प्रविधि सेवा निर्यातमा संलग्न कम्पनीमध्ये भेरिक्स नेपाल प्रा।लि। उत्कृष्ट करदाता घोषणा गरिएको हो।

कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रा।लि।ले सबैभन्दा बढी आयकर योगदान गरेको विभागले स्पष्ट पारेको छ। यस्तै बैंक, वित्तीय संस्था तथा बीमा कारोबार समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि। शीर्ष करदाताको रूपमा सम्मानित भएको छ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रका करदातामध्ये नोबे हस्पिटल लि. ले उच्चतम कर तिरेको छ। पर्यटन व्यवसाय समूहमा भने सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता बनेको हो।

बस्तु व्यापारको क्षेत्रमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि.ले सबैभन्दा धेरै कर तिरेर अग्रस्थान सुरक्षित गरेको छ।

वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सि।डी.एस. एण्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाता घोषित गरिएको छ।

उत्पादक उद्योग समूहमा भोटेकोशी पावर कम्पनी प्रा.लि, रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेड, तथा व्यक्तिगत करदातामध्ये राज बहादुर शाह सर्वाधिक कर तिर्ने उत्कृष्ट करदाताका रूपमा सूचीकृत भएका छन्।

२०७६ श्रावणदेखि २०८२ आषाढ मसान्तसम्मको अवधिमा समयमै विवरण पेश गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये सबैभन्दा धेरै मु।अ। कर तिर्ने करदाता नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भएको विभागले जनाएको छ।

वार्षिक कारोबार ५० करोडसम्म गर्ने व्यवसाय समूहमा भि।एफ। सर्भिसेज ९मोरिसस० प्रा।लि। चयन गरिएको छ। साथै विशेष उद्योग समूहमा यूनिलिभर नेपाल लिमिटेडले उत्कृष्ट करदाता बन्न सफल भएको छ।

prabhu mahalaxmi
kumari