हिमालयन डिष्टिलरीको २५ औँ वार्षिक साधारण सभा आज
३०%% लाभांश पारित हुँदै
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश आज सोही सभाले अनुमोदन गर्नेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गरेको पथयो । यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा बिहान १० बजे शुरु हुनेछ।


























