stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख ९७ हजार ९२ कित्ता बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी कित्तामध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरिरहेको हो।

यसमा सर्वसाधारणले आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ अर्थात् यो आईपीओ भर्न कम्तीमा १ हजार र बढीमा ५० लाख रुपैयाँसम्म लाग्नेछ। आज कात्तिक २३ गते बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ दिएको छ जसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम सुनिश्चितता रहेको संकेत गर्छ। यसमा आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu mahalaxmi
kumari