stcnepal long ad
global ime bank long

फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा राखेको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ३७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १०० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ।

बोलपत्र आज कात्तिक १७ गतेदेखि कात्तिक २३ गतेभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्ति वा संघसंस्थाहरूले समेत बोलपत्र पेश गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
kumari