stcnepal long ad
global ime bank long

एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २९ गत सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ।

कम्पनीको उक्त साधारणसभाले जेठ २१ गतेसम्म कायम आफ्ना शेयरधनीहरूका लागि चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो।

कम्पनीको बोनस शेयर बापत ६ लाख २५ हजार ६६४ कित्ता शेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भएर अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

जेठ २१ गतेसम्म शेयर अभौतिकीकरण नगराएको भए यथाशीघ्र गराउन र शेयर धितो राखेर ऋण लिएको भए ऋण लिएको संस्थाबाट बोनस शेयर फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ।

IME Lifesidebar
kumari