एनएमबि लघुवित्त वित्तीय संस्थाका सीईओ आनन्द पाण्डेले दिए राजीनामा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले राजीनामा दिएका छन् ।
सीईओ पाण्डेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार लघुवित्त सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै, सञ्चालक समितिको बैठकले एनएमबि क्यापिटललाई सेयर कारोबार अभिलेख तथा रजिष्ट्रारमा नियुक्त गरेको छ ।
क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी २०८४ असोजसम्म २ वर्षका लागि नियुक्त गरिएको कम्पनी सचिव थापाले बताए ।


























