stcnepal long ad
national life

खराब मौसमले धमाधम डाइभर्ट हुँदै जहाज, उडान प्रभावित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बिहीबार खराब मौसमको कारण हवाई उडान प्रभावित भएको छ । बिहीबार बिहानैदेखिको अविरल वर्षासँगै खराब मौसम र कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको हो ।

दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् । आन्तरिकतर्फ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ मोडिएको छ ।

नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइएको छ ।

सोही क्रममा चीनको छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्सको विमान पनि प्रविधिगत समस्या आएपछि पुनः चीनतर्फ फर्किएको बुझिएको छ भने दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको छ ।

gold
kumari bank
kumari
nawakantipur long