stcnepal long ad
global ime bank long

नेपाल पर्वतारोहण संघको ३५ ओैं साधारण सभा आज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पर्वतारोहण संघको ३५ ओैं वार्षिक साधारण सभा आज असोज २४ गते काठमाडौंको गैरीधारा स्थित सिल्भर ओक बैङ्केट एण्ड इभेन्ट सेन्टरमा १२ बजे मध्यान्हमा सुरू हुन लागेको छ।

साधारण सभामा संघका महासचिव राजेन्द्र बहादुर लामाले आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र कोषाध्यक्ष सुमी लामाद्वारा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को अनुमानित आय–व्यय विवरण बजेट पेश गरि छलफल गरेर पारित गर्ने कार्यक्रम रहेको महासचिव राजेन्द्र बहादुर लामाले जानकारी दिएका छन।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्ने र साधारण सभाको माइन्युट प्रमाणिकरणका लागि दुई जना सदस्य छनोट गरि पठाउने प्रस्ताव पनि एजेण्डामा रहेको छ।

साधारण सभाले उक्त प्रस्तावमा छलफल गरि लेखापरिक्षक र माइन्युट प्रमाणिकरण गर्ने दुई सदस्य छनोट गर्ने भएको छ।

IME Lifesidebar
kumari