stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसवाई प्यानलको आईपीओ बाँडफाँड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।

कम्पनीले त्यसको १० प्रतिशतले हुन आउने ४ लाख ९७ हजार ९२ कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो।

कम्पनीले असोज ७ गते मंगलबारदेखि असोज १० गते शुक्रबारसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। उक्त अवधिभर ५६ हजार जनाले रीतपूवर्क आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरेको थियो। बाँडफाँडमा ४९ हजार ७०९ जना आवेदकहरूले १०र१० कित्ता र त्यहीमध्येबाट २ जनाले थप १र१ कित्ता गरी कुल ११ कित्ता आईपीओ हात पारेका छन्। कम्पनीले सर्वसाधारणका लागि भने आईपीओ निष्कासन गर्न बाँकी नै छ।

prabhu mahalaxmi
kumari