stcnepal long ad
global ime bank long

सञ्चार संम्पर्क बिच्छेद हुन नदिन र उच्च सतर्कता अपनाउन सञ्चारमन्त्रीको आग्रह

संचार अवरुद्ध भए तत्काल मर्मत गरी सेवा सुचारु गर्न सम्पर्क निकाय र नम्बरको ब्यवस्था

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बर्षाका कारण जोखिम बढेकोले तीन दिन उच्च सतर्कता अपनाएर कार्य गर्न मन्त्रालय अन्तर्गतका बिभिन्न निकाय र संस्थाका पदाधिकारीहरुलाइ निर्देशन दिनु भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको छलफलका क्रममा मन्त्री खरेलले संचार संम्पर्क बिच्छेद हुन नदिन र संचारमा अवरोध भए तत्काल मर्मत संभार गरेर दुरसंचार सेवा सुचारु गर्न तयारी अवस्थामा रहन पनि निर्देशन दिनु भयो ।

मन्त्री खरेलले बिपदका बेला संचार माध्यमको भूमीका अझ बढी महत्वपूर्ण हुने बताउदै संचार माध्यममले यतिबेला जनतालाइ सूसुचीत गर्ने र सुरक्षाका बिभिन्न उपायहरु अपनाउन प्रोत्साहन गर्ने सन्देश मुलक सामग्री प्रसारण र प्रकासनमा जोड दिनु पर्ने बताउनु भयो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले दुर संचार सेवा लाइ प्रभावकारी बनाउन र कतै संचार अवरुद्ध भए तत्काल मर्मत गरी सेवा सुचारु गर्न आवश्यक तयारीका साथ रहन निर्देशन दिनु भयो ।

त्यसबखत सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले बिपदमा नागरिकको जीवन रक्षा नै पहिलो प्रामिकता भएकोले नेपाल टेलिभिजन र रेडियो नेपालबाट सन्देश मूलक सामग्री उत्पादन र प्रसारणमा जोड दिइएको बताउनु भयो ।

छलफलमा नेपाल दुरसंचार प्राधिकरण, नेपाल टेलिकम र एनसेलका प्रतिनिधिहरुले दुरसंचार सेवालाइ प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

यसै बीच संचार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै पनि भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यस सम्बन्धी कुनै आकश्मिक सूचना प्रवाह गर्न आवश्यक भएमा सम्पर्क गर्ने सकिने निकायको सम्पर्क नम्बर ब्यवस्था गरेको छ ।

त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्र्पक गर्न अनुरोध गरेको छ ।

निकाय र सम्पर्क फोन नम्बरहरू:

 

 

IME Lifesidebar
kumari