stcnepal long ad
global ime bank long

आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ।

मन्त्रालयले विपद व्यवस्थापनका लागि खटिनुपर्ने अत्यावश्यक सेवा बाहेक सबै सेवामा तथा क्षेत्रका लागि सार्वजनिक बिद् दिने निर्णय भएको गृह मन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

मन्त्रालयले वर्षातका कारण हुनसक्ने बाढी, पहिरो, भूक्षय, डुबान लगायतका जोखिम तथा सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षति समेत हुने संभावनालाई मध्यनजर गर्दै असोज १९ र २० गते सारवजनिक बिदा घोषणा गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् ।

राष्ट्रिय विपद न्यूनीकरण तथा नियन्त्रण प्राधिकरणले देशैभर भारी वर्षाले डुबान र पहिरोको जोखिम रहेको भन्दै सोमबाहसम्म यात्रा नगर्न सचेत गराएको छ।

IME Lifesidebar
kumari