stcnepal long ad
global ime bank long

वर्षाका कारण जोखिमयुक्त बस्तीलाई सावधानी अपनाउन काठमाडौं महानगरको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले लगातारको वर्षाका कारण जोखिमयुक्त बस्तीलाई सावधानी अपनाउन आग्रह गरेको छ।

महानगरले आज एक सूचना जारी गर्दै जोखिमयुक्त बस्तीका मानिसलाई सावधानी अपनाउन आग्रह गरेको हो। ‘गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ’, सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरु सम्भावित जोखिमयुक्त स्थानहरुको अवलोकनमा खटिएका छन्।’

विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको महानगरले जनाएको छ। ‘खोलाले घर नजिक करिब ५ फिटमात्र दूरी छाडेको छ’, सूचनामा भनिएको छ, ‘अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ। ’

यदि कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ।

यदि कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर

१६६००१०५५११
०१५९०१७६४
०१५९०१७६३ (केएमसी पुलिस)

IME Lifesidebar
kumari