stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तेह्रथुम पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ४० लाख कित्ता हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

यस कम्पनीले जेठ ४ गतेसम्म कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।

असार १६ गतेदेखि साउन ११ गतेसम्म बिक्री खुला गरिएको कम्पनीको हकप्रद शेयर साउन १८ गते बाँडफाँड भएको थियो। त्यस बाँडफाँडमा ३५ लाख ८१ हजार २६२ कित्ता मात्रै बाँडफाँड भएको थियो।

अवितरित रहेको ४ लाख १८ हजार ७३८ कित्ता शेयर भने लिलाम बढाबढ मार्फत बिक्री खुला गरी बाँडफाँड भएको थियो। नेप्सेले विहीबार सोही ४० लाख कित्ता शेयर सूचीकरण गरेको हो।

prabhu mahalaxmi
kumari