stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय खाद्य बैंकले सर्वसाधारणमा शेयर निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मुलुकको कृषि क्षेत्रको प्रर्वद्धन तथा स्थानीय उत्पादन र बजारीकरण गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खाद्य बैंक लिमिटेडले सर्वसाधारणका लागि आइपिओ (प्राथमिक शेयर) निष्कासन गर्ने भएको छ ।

बैंकले असोज २५ गते गर्न लागेको साधारण सभाबाट शेयर निश्कासन प्रकृयाको लागि आवश्यक तयारी गर्न लागेको हो ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा २५ गते साधारण सभा र शेयर निश्कासनका जानकारी गराएको हो । कृषि क्षेत्रको विकास तथा रैथाने बाली तथा स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालनमा आएको बैकले सर्वसाधारण जनताको विश्वास तथा लगानी विस्तार गर्न आइपिओको तयारी गरेको राष्ट्रिय खाद्य वैकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए ।

साधारण सभामा बैंकले प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ ल्याउने तयारी गरेको बैकका अध्यक्ष उप्रेतीले बताए । बैंकले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

खाद्य बैंकले एक अर्ब चुक्ता पुँजी र्पुयाउनका लागि ७० करोड संस्थापकबाट र बाँकी ३० करोड सर्वसाधारणबाट संकलन गर्न लागेको जनाएको छ ।

आईपीओ मार्फत संकलन गरिएको लगानीवाट खाद्य बैंकले कृषि क्षेत्रमा थप लगानी विस्तार गर्ने भएको छ । खाद्य बैंकले निष्काशन गर्ने आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ मूल्य कायम रहने बैकले जनाएको छ ।

IME Lifesidebar
kumari