stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकारले २०८२ असोज ३ गते विशेष रुपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर २०८२ उपलब्ध गराउने भएको छ । सो अफर २०८२ असोज २ गतेदेखि असोज ४ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।

यस अन्तर्गत रु ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ ।

 

 

prabhu mahalaxmi
kumari