stcnepal long ad
ime life insurance
national life
global ime bank long

 महालेखा नियन्त्रक कार्यालयले भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जेनजी आन्दोलनका कारण महालेखा नियन्त्रक कार्यालयले भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द गरेको छ। चार–पाँच दिनयता राष्ट्रिय आम्दानी (राजस्व) सम्बन्धी पोर्टलबाहेक अन्य सबै भुक्तानी प्रणालीहरू सञ्चालनमा रोक लगाइएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी तथा उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालले अर्को निर्णय नआएसम्मका लागि प्रणाली बन्द रहने जानकारी दिए। उनका अनुसार राष्ट्रको आम्दानीसँग सम्बन्धित पोर्टल भने सामान्य रूपमा सञ्चालनमै रहेको छ।

प्रणाली बन्द भएकै कारण भुक्तानी नै रोकिएको भन्ने बाह्य हल्ला आएको भएपनि त्यसमा कुनै सत्यता नरहेको उनले प्रष्ट पारे। कार्यालयका अनुसार नयाँ सरकारको निर्णय आएपछि मात्रै भुक्तानी प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

IME Lifesidebar
kumari