काठमाडौँ, ललितपुर र भक्तपुरको निषेधाज्ञा र कर्फ्यु लम्बियो
काठमाडौँ । काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।
जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएको छ।
त्यसबीचमा शुक्रबार बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने सेनाले जनाएको छ।























