काठमाडौंको चक्रपथ क्षेत्रमा कर्फ्यु, यी स्थानमा आवतजावतमा रोक
काठमाडौं । जेनजीको सम्भावित प्रदर्शनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै आज भदौ २४ गते बिहान साढे बजेबाट अर्को आदेश नभएसम्म चक्रपथ क्षेत्रमा चार किला तोकी कर्फ्यु जारी गरेको हो।
कर्फ्यु लागेको समयमा तोकिएको स्थानमा कसैले आवातजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन गर्न नपाउने प्रशासनले स्पष्ट पारेको छ।
जेनजीले सोमबार काठमाडौंलगायत देशका विभिन्न भागमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको थियो। प्रहरी दमनपछि आन्दोलनले उग्र रुप लिएको थियो। प्रहरीले चलाएको गोली लागेर १९ जना जेनजीले ज्यान गुमाए भने सयौँ घाइते भएर उपचाररत छन्।
























