stcnepal long ad
global ime bank long

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड

१ लाख २४ हजारले हात पारे शेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका २१ लाख ९७ हजार ५८२ जनामध्ये भाग्यमानी १ लाख २४ हजार ८९० जनाले १०र१० कित्ताका दरले शेयर हात पारेका छन्।

सोहीमध्येका १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकामध्ये ४ जना भाग्यशालीले थप १/१ कित्ता गरी कुल ११/११ कित्ता शेयर हात पारेका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ। यसमा आवेदन दिने २१ लाखभन्दा बढीको हात रित्तो भएको हो।

IME Lifesidebar
kumari