stcnepal long ad
global ime bank long

सानिमा जिआईसी इन्स्योरेन्सको पौने ६ लाख बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको पौने ६ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।कम्पनीको संस्थापक समूहको ५ लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापकले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।निवेदन १५ दिनभित्र पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

निवेदन काठमाडौंको टंगालस्थित कमपनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ। यसअघि पनि कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई ३५ दिनको म्याद दिएर यो शेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेपछि पुनः १५ दिनको समय दिइएको हो।

अब तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari