citizens life insurance long ad
stcnepal long ad

स्वस्तिमा खड्का पुनः ‘ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेस नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा नियुक्त गरेको छ।

कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता दोहोर्‍याउँदै स्वस्तिमासँगको सहकार्यलाई निरन्तरता दिने घोषणा गरेको हो।

स्वस्तिमा खड्का ईसेवा मनि ट्रान्सफरसँग सुरुवातकालदेखि नै आवद्ध हुँदै देशका विभिन्न स्थानदेखि विदेशसम्म पुगेर सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै औपचारिक रेमिट्यान्सको महत्वबारे जनचेतना फैलाउँदै आएकी छन्।

पुनः नियुक्तिप्रति खुशी व्यक्त गर्दै खड्काले भनिन्, “मैले ईसेवा मनि ट्रान्सफरसँग सुरुवाती दिनदेखि नै सहकार्य गर्दै आएकी छु।

यस यात्राले मलाई नेपालका धेरै स्थान र विदेशसम्म पुग्ने अवसर दिएको छ। त्यहाँ मैले नेपालीहरूको पीडा र खुसी दुवैलाई नजिकबाट महसुस गर्न पाएँ। यो यात्रालाई निरन्तरता दिन पाउनु मेरो लागि निकै उत्साहजनक कुरा हो।”

त्यस्तै, ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले स्वस्तिमासँग पुनः सहकार्य गर्न पाउनुमा कम्पनी निकै खुसी रहेको बताए।

उनले भने, “स्वस्तिमा खड्का सुरुदेखि नै ‘मेरो डिजिटल देश’ अभियानको अभिन्न हिस्सा रहनु भएको छ। उहाँजस्तो लोकप्रिय व्यक्तित्वले हाम्रो सन्देशलाई अझ प्रभावकारी ढङ्गले आम नेपाली माझ पुर्‍याउनेछ।”

ईसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल दुवै माध्यम मार्फत – इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत –देशभर रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस संस्थाले एफवान सफ्ट ग्रुप अन्तर्गत आफ्नो सेवा विस्तार गर्दै आएको छ।

IME Life
kumari