stcnepal long ad
ime life insurance
national life
global ime bank long

खानी खोला हाइड्रोपावरले आज भदौ ३ गतेबाट हकप्रद शेयर निष्कासन गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज भदौ ३ गतेबाट खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीले हाल कायम चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत जारी गर्न लागेको हो।

जसअनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

हकप्रद शेयरमा शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा र हेटौँडाबाट आवेदन दिन सक्नेछन्।

साथै कुमारी बैंकको ललितपुरसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका सी–आस्बा प्रणाली र सीडीएससीको मेरो शेयरबाट शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

हकप्रद शेयर जारी गर्न कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। यसको मतलब असार २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। हकप्रद शेयर खरिदका लागि भदौ २३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

IME Lifesidebar
kumari