थाइल्याण्ड यात्रा र शीर्ष थाइ ब्राण्ड मेला हुने
काठमाडौं । नेपालका लागि मित्रराष्ट्र थाइल्याण्डको राजदुतावासले थाई व्यापारिक केन्द्रसितको सहकार्यमा आगामी २०८२ भाद्र १३ गतेदेखि १५ गतेसम्म थाइल्याण्डको यात्रा र थाई शीर्ष ब्राण्डहरूको मेला प्रदर्शन गर्ने जनाएको छ।
मेला ललितपुर स्थित दि प्लाजा पुल्चोकमा हुने महामहिम राजदूत सुवापुङ सिरिशरनले जानकारी दिएका छन।
सिरिशरनले मेलाको उदघाटन भाद्र १३ गते शुक्रबार दिनको २ बजे हुने जानकारी गराउँदै सुवापुङ सिरिशरनलेकार्यक्रमले नेपाल र थाइल्याण्डबीच बहुपक्षीय र बहुआयामिक सम्बन्ध विस्तारका लागि उपयोगी हुने बताएका छन।

उक्त मेलामा थाईल्याण्डको भेषभूषा र संस्कृतिहरु अवलोकन गर्न सकिने बताइएको छ। कार्यक्रम अवधिभरी सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने हुनाले सबैलाई मेलामा सहभागी हुन थाई दुतावासले आमन्त्रण गरेको छ।
























