stcnepal long ad
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ५.९५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीको विशेष जगेडामा १ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३३ करोड ३५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ८२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षमा विशेष जगेडामा १ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ९९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ४७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३८ करोड ३८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ४ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ९९ करोड ८८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ८.३७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २१.०१ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा वर्षमा २ अर्ब २ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २८ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ५७.८८ प्रतिशतले बढेको छ।

शेयरपुँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २१.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.१० रुपैयाँ थियो। पीई रेसियो २८.९५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१०.३४ रुपैयाँ रहेको छ।

 

IME Lifesidebar
kumari