stcnepal long ad
nabil bank
macchha(MBL)

पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद शेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै पिपुल्स पावरको वेबसाइट, प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सु्र्खेत, धनगढी शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय सहित मेरो शेयर अनलाइन मार्फत् पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

prabhu mahalaxmi
kumari