stcnepal long ad
himalayan life insurance long ad

यातायात पर्साका अधिकृत गौतम विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह) कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गौतमले पदमा बहाल रहँदा पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मङ्गलबार मुद्दा दायर गरेको हो ।

गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५ वैशाख ७ देखि २०७९ चैत २४ गतेसम्मको आयव्ययको जाँच गर्दा अकुत सम्पत्ति कमाएको देखिएको आयोगले जनाएको छ ।

सेवा अवधिमा गौतमको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम लगायतका शीर्षकमा दुई करोड ८९ लाख २० हजार २६८ रुपियाँ वैधानिक आय भएको देखिएको छ ।

तर यस अवधिमा विभिन्न शीर्षकमा गौतमको पाँच करोड ४० लाख ९८ हजार नौ सय रुपियाँबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

गौतमको कुल/समग्र आयबाट खर्च तथा लगानी (कुल व्यय) घटाउँदा दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपियाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ । आयोगले गौतमलाई सोही रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।