stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले भोली अर्थात जेठ २२ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । ।

नेशनल लाइफ इन्स्योरेन्सले असार ५ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो साधारण सभा बिहान साढे १० बजे शुरु हुनेछ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

एनएलजी इन्स्योरेन्सले जेठ २९ गते, बिहीबार, आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो साधारण सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

prabhu mahalaxmi
kumari