sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धरा काठमाडौवीच मंगलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एक समारोहकावीच भएको समझदारीपत्रमा कलेजकातर्फबाट क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी तथा अस्पतालकातर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरे ।

आपसी सहकार्य, छात्रबृति तथा अस्पतालमा उपलव्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो सहकार्यबाट अस्पताल तथा कलेजका कर्मचारी तथा विद्याथीहरु लाभान्बित हुने विश्वास दुवै पक्षले लिएको छ ।

समझदारीपत्र बमोजिम साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरु तथा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरु, अस्पतालले उपलव्ध गराउने सेवाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने र अस्पतालमा कार्यरत कर्मचारीका छोराछोरीहरुलाई कलेजले २० प्रतिशतसम्मको छात्रबृद्धि उपलव्ध गराउने भएको सहमति भएको छ ।

यसबाहेक दुवै संस्थावीच विद्यार्थीहरुको लागि हेल्थ क्याम्प आयोजना गर्ने तथा इन्टर्नशिपको अवसर उपलव्ध गराउनेसमेत समझदारी भएको छ । समझदारीपत्र तीन पृष्ठ लामो छ ।

gold
prabhu bank
nawakantipur long