stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका, वडा नं ४, मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख, शिव दाहालले श्री राम जानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलार्र्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

 

IME Lifesidebar
kumari