sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बजेट निजी क्षेत्र उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएनः ढकाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन्।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘बजेट अ होलिस्टिक डिस्कोर्स’मा अध्यक्ष ढकालले निजी क्षेत्रका धेरैजसो सुझावलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले समेटेको बताए। उनले बजेट निजी क्षेत्रको ‘कि ड्राइभर’का रुपमा आएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए।

‘केही वर्षदेखि हामी आफ्ना फाइदाका लागि मात्रै माग नराखी समग्र अर्थतन्त्रको सुधारका लागि माग राख्दै आएका छौँ’, उनले भने, ‘सोही सुझावहरुलाई सरकारले यसपाली कानुन र बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने गरी व्यवस्था गरिदिएको छ।’

निजी क्षेत्रले दिएका धेरै सुझावहरु बजेटमा समेटिँदै गर्दा यसमा समेटिएका सुझावहरुलाई कार्यान्वयनमा भने सरकार चुक्न नहुने ढकालले बताए।

यसअघि पनि निजी क्षेत्रले समग्र अर्थतन्त्र उन्नयनका लागि माग गरेका बिषयहरु बजेटमा समेटिएपनि सोही अनुसार कार्यान्वयन नहुने भएपछि भने निजी क्षेत्र जहिले निरुत्साहित हुँदै आएको बताए।

आगामी आर्थिक वर्षको बजेटले नयाँ आँट गरेको पनि उनले बताए। ‘हामीले पहिलेदेखि नै भन्दै आएको नेपालको खनिज पदार्थ निर्यात गर्न दिनुपर्छ भन्ने माग बजेटले समेटेकोमा हामी उत्साहित छौँ, उनले भने, ‘उद्योगले गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर खनिजजन्य वस्तुहरु निर्यात गर्न सकिने व्यवस्था माग गर्दै आएका थियौं यसपल्ट बजेटमा समेटिएकाले यो व्यवस्था कार्यान्वयनमा पछि पर्नुहुँदैन।’

मध्यपूर्वमा खनिजजन्य पदार्थका रुपमा मानिएको पेट्रोलियम पदार्थ बाहिर ननिकालेको भए या प्रशोधन नगरी जमिनभित्रै राख्नुपर्छ भन्ने आवाज उठेको भए मध्यपूर्वका राष्ट्रहरु यो अवस्थामा पुग्न नसक्ने बताउँदै अध्यक्ष ढकालले नेपालको खनिज पदार्थलाई पनि आर्थिक उन्नयनका लागि निर्यात गर्न पछि हट्न नहुने बताए। यस्तै निजी क्षेत्रले भनेबमोजिम सेजको भाडामा सहजीकरण, अन्तरराष्ट्रिय सभा हल निर्माणलगायतका मागहरु बजेट मार्फत सम्बोधन भएको उनले बताए।

अध्यक्ष ढकालले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटिए पनि केही सुझावहरु भने नसमेटिएको पनि बताए। जलविद्युतको पीपीए, टेक एन्ड पेलगायतका बिषयहरु बजेटमा राखिँदा यसले निजी क्षेत्रलाई केहि असहजीकरण गर्ने निश्चित भएको उनले बताए। यसले विदेशी लगानीकर्ता भित्र्याउन र बैंकहरुलाई फाईनान्स गर्न समस्या निम्त्याउने उनले बताए।

बजेटमा पर्यटन क्षेत्रलाई अघि बढाउनेगरी सीमा क्षेत्रका होटलहरुका लागि गरिएको विदेशी मुद्राको थ्रेसहोल्ड हटाएपछि केहि सहजीकरण पक्कै हुने पक्कै भएको ढकालले बताए। यो बजेटमार्फत केहि सहजीकरण भएपछि पर्यटन क्षेत्र पनि उत्साहित बनेको उनले बताए।

बजेटमा धेरैजसो बुँदाहरु राम्रै आएपनि कार्यान्वयनमा चुक्दा समस्या आउने गरेको उनले बताए। धौवादी फलाम खानीको उदाहरण दिँदै उनले यसको कुरा हरेक बजेटमा समेटिने भएपनि कार्यान्वयनमा जान नसक्दा लगानीकर्तासँगै नागरिकहरु पनि निराश हुनुपर्ने अवस्था आएको उनले बताए।

‘टेक एन्ड पे’ को कुराले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न नदिनेजस्तो संकेत गरेपनि जलविद्युत क्षेत्रमा समस्या निम्त्याउने उनले बताए।

बजेटमा आएका कुरालाई कार्यान्वयन गरी सुशासन कायम गर्न सकिएको खण्डमा मात्रै बजेटले दिएको मार्गनिर्देश पूरा बताउँदै उनले बजेट मार्फत लिईएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न सम्भव हुने बताए।

prabhu bank
nawakantipur long