stcnepal long ad
nabil bank
macchha(MBL)

यातायात व्यवस्था कार्यालय रुपन्देहीका चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पराजुलीसहित सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट मिति २०७८ चैत ७ गते अर्कै व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रको विवरण सोही आइडी र लाइसेन्स नम्बर हुने गरी लिखित र ट्रायल परीक्षामा सामेल नै नभएका प्रतिवादी सभ्यता केसीको नामको विवरण ईडीएलभीआरएस प्रणालीमा परिवर्तन गरी अद्यावधिक गरिएको पाइएको छ।

बदनियत राखी कलुसित मनसायका साथ अर्कै व्यक्तिको सवारी चालक अनुमतिपत्र कलुसित मनसायका साथ अर्कै व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु प्रतिवादी सभ्यता केसी भन्ने व्यक्तिको सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरी गराइ सवारी चालक अनुमतिपत्र जारी गरे, गराएको पत्र यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंबाट प्राप्त भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बस्ने केसीले सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रचलित यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्क्रियामा भाग नलिइ अर्कै व्यक्तिको परिचयपत्र बदनियतका साथ दुरुपयोग गरेको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

prabhu mahalaxmi
kumari