stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच सहकार्यको समझदारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयले शैक्षिक क्षेत्रको विकास र अनुसन्धानमा सहकार्य गर्न छलफल गरेका छन्।

महासंघको सचिवालयमा भएको भेटमा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसर प्रदान गर्ने तथा उद्योग(व्यवसायको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने विषयमा कुराकानी भएको थियो।

दुवै पक्षले पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाको सम्भावनामा थप छलफल गर्ने सहमति गरेका छन्। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको दूरी कम गर्न सहयोग पुग्ने बताए। उनले भने, “उद्योगले चाहेको दक्ष जनशक्ति उत्पादन र युवालाई रोजगारीका अवसर प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ।”

विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले यो सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हाम्रो लक्ष्य हो। महासंघसँगको सहकार्यले यो लक्ष्यमा ठूलो योगदान दिनेछ।”

उपकुलपति डा. अर्जुन कार्कीले विश्वविद्यालयको मुख्य उद्देश्य सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन रहेको उल्लेख गर्दै महासंघसँगको सहकार्यको आवश्यकता औँल्याए। दुवै पक्षले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, इन्टर्नशिप र रोजगारीका अवसर सिर्जनामा जोड दिएका छन्।

prabhu mahalaxmi
kumari