stcnepal long ad
ime life insurance
global ime bank long

सिद्धिविक्रम शाह एआईजीमा बढुवा, कार्य विभागको जिम्मेवारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख डीआईजी सिद्धिविक्रम शाह अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको हो। शाह कार्य विभागमा पदस्थापन भएका छन्। जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाश भएपछि कार्य विभाग प्रमुखविहीन छ।

आचार्य अवकास हुनु एकसाता पहिले नै शाहलाई सिफारिस गरिएको थियो। आफ्नो ब्याचबाट शाह एआईजी बन्ने पहिलो अधिकारी हुन्। उनका ब्याचका अरू प्रहरी अधिकृत डीआईजीसम्म मात्रै छन्।

prabhu mahalaxmi
kumari